काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैकले साधारण सभा प्रयोजनको लागि फागुन २८ गते बुक क्लोज गर्ने जनाएको छ । यस बुक क्लोजको आधारमा आज फागुन २५ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
गत वर्षको मुनाफाबाट बैंकले ८ दशमलव ५३४ प्रतिशत बोनश शेयर दिने भएको छ भने कर प्रयोजनका लागि बैंकले ० दशमलव ४४९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
बैंकले १८औं वार्षिक साधारण सभा चैत १८ गते आयोजना गर्ने जनाएको छ । बैंकको फागुन १५ गतेका दिन बसेको संचालक समितिको बैंठकले उक्त सभाको मिति तय गरेको हो ।