Connect IPS
IME Life

एनआईसी एशिया क्यापिटलले छैठौं वर्ष पुरा गरेको अवसरमा ल्यायो ६ योजना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया क्यापिटलले छैठौं वर्ष पुरा गरी सफलतापुर्वक सातौं वर्षमा प्रवेश गरेको छ। क्यापिटलले आफ्नो छैठौं वर्ष पुरा गरेको अवसरमा आफ्ना ग्राहकहरुलाई प्रदान गरिने विभिन्न सेवामा विशेष छुट तथा अफर योजना सार्वजनिक गरेको छ।

क्यापीटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत वार्षिक लगानी व्यवस्थापन शुल्क मात्र ६ रुपैयाँ लिई एक वर्षको लागि लगानी व्यवस्थापन सेवा उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । क्यापिटलका अनुसार उक्त अफर योजना मिति २०७९ साल चैत्र मसान्तसम्म संचालन हुनेछ ।

Prabhu
Crest

एनआईसी एशिया म्युचुअल फण्ड सेवा अन्तर्गत संचालित पहिलो खुलामुखी योजना “एन आई सी एशिया डाइनामिक डेप्ट फण्ड”को सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआइपी) मा २०७९ फाल्गुन २२ देखि मिति २०७९ चैत्र मसान्तसम्म सहभागि हुने इकाईधनीहरु मध्ये ६ जना इकाईधनीहरुले रु।५०० बराबरको क्यापिटलको तर्फबाट एसआईपी रजिष्ट्रर गरी पहिलो किस्ता भुक्तानी गरेका इकाईधनीलाई एसआईपी बुस्टरको सुविधा उपलब्ध गराईने क्यापिटलले जनाएको छ ।

संस्थागत परामर्श सेवा अन्तर्गत “आईडिया टु आईपिओ” सेवा संचालन गरिरहेको छ । जस अन्तर्गत क्यापिटलले कुनै पनि कम्पनीको आईडियादेखि कम्पनी स्थापना, विस्तार, वृद्धि, थप विस्तार हुँदै आईपिओ जारी गर्ने चरणसम्म कम्पनीलाई पु¥याउन आवश्यक पर्ने लगानीको श्रोत व्यवस्थापन तथा आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।

क्यापिटलको छैठौं वार्षिक उत्सवको अवसरमा क्यापिटलबाट उपलब्ध गराउने संस्थागत परामर्श सेवा शुल्कमा ६ व्यक्ति तथा संस्थालाई सेवा शुल्कमा ५० प्रतिशत छुट योजना सार्वजनिक गरेको छ । हाल क्यापिटलले संस्थागत परामर्श अन्तर्गतको सेवा जुन सुकै क्षेत्र तथा जुन सुकै चरणमा रहेका कम्पनीहरुलाई समेत उपलब्ध गराउदै आइरहेको जनाएको छ ।

निक्षेप सदस्य सेवा अन्तर्गत क्यापिटलले “एक नेपाली, एक डिम्याट खाता” अभियान संचालन गरिरहेको छ । वार्षिक उत्सवको अवसरमा क्यापिटलले एन आई सी एशिया डिम्याट सेवा अन्तर्गत मिति २०७९ फाल्गुन २२ देखि मिति २०७९ चैत्र मसान्तसम्म सहभागि हुने ग्राहकहरुलाई निम्न अफर योजना संचालन गरेको छ ।

एनआईसी एशिया “९९९ लाइफटाइम डिम्याट योजनाुमा सहभागि खातावालाहरु मध्ये ६ जनालाई उक्त ९ सय ९९ रुपैयाँ क्यास ब्याक गरिदिने, एनआईसी एशिया “१००० लाइफ टाइम मेरो शेयर योजनाुमा सहभागि मेरो शेयर प्रयोगकर्ताहरु मध्ये ६ जनालाई उक्त १ हजार क्यास ब्याक गरिदिनुको साथै विओ टु बिओ मार्फत एन आई सी एशिया क्यापिटलमा डिम्याट खाता ट्रान्सफर गर्दा निःशुल्क गरिदिने जनाएको ।

त्यसैगरी शेयर रजिष्ट्रार सेवा अन्तर्गत क्यापिटलले प्राईभेट कम्पनीहरुलाई समेत शेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराइरहेको छ । वार्षिक उत्सवको अवसरमा क्यापिटलले मिति २०७९ चैत्र मसान्त भित्र सहभागि हुने कम्पनीहरु मध्ये एउटा कम्पनीलाई मात्र ६ रुपैयाँमा शेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराउने व्यवस्था मिलाएको जनाएको छ ।

निष्काशन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत वार्षिक उत्सवको अवसरमा मिति २०७९ चैत्र मसान्त भित्र आईपिओ तथा हकप्रद शेयर निष्काशन सम्बन्धी सेवा लिन चाहने कम्पनीहरु मध्ये ६ वटा कम्पनीहरुलाई निष्काशन तथा बिक्री प्रबन्ध सेवा शुल्कमा विशेष छुट उपलब्ध गराउने व्यवस्था मिलाएको क्यापिटलले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS