काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाको फागुन २१ गते साँझ साढे ५ बजे बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई गत आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट चुक्ता पूँजीको १४.७५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
संस्थाले चुक्ता पूँजी एक अर्ब ७३ करोड ९४ लाखद रुपैयाँको १४.७५ प्रतिशत अर्थात २५ करोड ६५ लाख रुपैयाँ लाभांश दिने घोषणा गरेको हो । कर प्रयोजन सहित प्रस्ताव गरिएको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै आगामी पाँचौ वार्षिक साधारणसभामा पेश गरिने संस्थाले जनाएको छ । संस्थाले गएको वर्ष पहिलो पटक ५.४१ प्रतिशत लाभांश वितरण गरेको थियो ।