Connect IPS
IME Life

आजसम्म शेयर किन्नले छिमेक लघुवित्तको प्रस्तावित बम्पर लाभांश पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आजसम्म शेयर किन्नले छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश पाउनेछन् । कम्पनीले साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन २३ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

कम्पनीले चैत १० गते २१औं वार्षिक साधारण सभा गर्ने जनाएको छ । कम्पनीको फागुन ४ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल सामना प्रालि मकवानपुर, हेटौंडामा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

Prabhu
Crest

सभाले गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ ।

यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी २ अर्ब ३२ करोड ४१ लाखको आधारमा २२ प्रतिशत बोनश शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

लघुवित्तले अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साथै अधिकृत पूँजी २ अर्ब ५० करोडबाट वृद्धि गरी ३ अर्ब ७५ करोड पुर्‍याउने प्रस्ताव पनि सभाले पारित गर्ने जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS