काठमाडौं । एनआईसी एशिया लघुवित्तले लाभांश प्रस्ताव गरेको छ। कम्पनीको फागुन २१ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफा बाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ७३ करोड ९४ लाखको १४ दशमलव ७५ प्रतिशतले हुन् आउने २५ करोड ६५ लाख ६७ हजार ४ सय रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।