काठमाडौं । सानिमा बैंकले अन्तरािष्ट्रय नारी दिवसको अवसरमा क्यास ब्याक अफर ल्याएको छ । बैंकले नारी दिवसको अवसरमा सानिमा बैंकमा नारी बचत खाता खोलि पहिलो पिओएस वा क्युआर कारोबारमा १० प्रतिशत अथवा ५ सय रुपैयाँसम्म क्यास ब्याक पाउने अवसर ल्याएको हो ।
बैंकका अनुसा उक्त खातामा निःशुल्क डेबट कार्ड र मोबाइल बैंकिङ जारी गर्न सकिनेछ । यो अफर भने फागुन १७ गतेदेखि चैत १ गतेसम्म मात्र लागू हुनेछ ।