काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले १२ औं वार्षिक साधारणसभा डाकेको छ । लघुवित्तको संचालक समितको २०१ औं बैंठकले यहि चैत २६ गते साधारणसभा गर्ने निर्णय गरेको हो ।
कम्पनीका अनुसार साधारणसभा प्रयोजनार्थ २०७९ चैत १० गते बुक क्लोजको मिति तय गरेको छ । साथै चैत ९ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भएका शेयरधनीले उक्त सभामा सहभागी हुन पाउनेछन् ।
उक्त सभामा संस्थाले चुक्ता पूँजी १४ करोड ७९ लाख रुपैयाँको १५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०।७८९५ प्रतिशत नगद लाभाश सहित जम्मा १५।७८९५ प्रतिशत लाभांश दिने प्रास्तावपारित गर्नेछ ।