काठमाडौं । जीवन विकास लघुवित्तको लाभांश परिमार्जन भएको छ। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश संशोधन गरिएको कम्पनीले जनाएको छ।
कम्पनीले यस अघि आर्थिक वर्ष २०७८/७९ को मुनाफा हालको चुक्ता पूँजीको २८ प्रतिशत बोनस शेयर र ९ दशमलव ३६८४ प्रतिशत नगद लाभांश ९कर प्रयोजनको लागि समेत० गरि कुल ३७ दशमलव ३६८४ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।
अब कम्पनीले हालको चुक्ता पूँजीको २६ प्रतिशत बोनस शेयर र ७ दशमलव १५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि समेत) गरि कुल ३३ दशमलव अ१५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
कम्पनीको उक्त परिमार्जित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुनेछ ।