काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारी नियुक्त भएका छन् । तत्कालिन महाप्रबन्धक प्रेमनाथ ठाकुर घुस प्रकरणमा निलम्बन भएपछि खाली रहेको पदमा तिवारी नियुक्त भएका हुन् ।
तिवारी नागरिक उड्डयान प्रशिक्षण प्रतिष्ठानमा प्रमुखको रुपमा कार्यरत रहेका थिए । यसअघि पनि उनले विमानस्थल प्रमुखको जिम्मेवारी सम्हालिसकेका थिए ।