काठमाडौं । नेशनल माइक्रोफाइनान्सको लाभांश परिमार्जन भएको छ। नेपाल राष्ट्र बैंकको निर्देशनपछि लघुवित्तले लाभांश संशोधन गरेको जनाएको छ । कम्पनीले यस अघि आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ३८ दशमलव ५ प्रतिशत बोनश शेयर बितरण गर्ने प्रस्ताव गरेको थियो । तर नेपाल राष्ट्र बैंकको निर्देशनपछि अब कम्पनीले ३४ दशमलव ४५ प्रतिशत बोनश शेयर मात्र बितरण गर्ने प्रस्ताव गरेको हो ।
संशोधित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
यस कम्पनीले साविकको महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेको कारण हाल लाभांशकर प्रयोजनार्थ छुट्टै रकम नछुट्याईएको कारण शेयरधनीहरुले लाभांशकर आफै भुक्तानी गर्नुपर्ने जनाएको छ ।
1677764171789