Connect IPS
IME Life

दुई लघुवित्तको शेयर मुल्य समायोजन, कुनको कति कायम ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले दुई लघुवित्त कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले डिप्रोक्स लघुवित्त वित्तीय संस्था र सपोर्ट लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन गरेको हो ।

डिप्रोक्स लघुवित्तले फागुन १९ गते र सपोर्ट लघुवित्तले फागुन २१ गते बुक क्लोज गर्ने भएसँगै नेप्सेले बुक क्लोजपछिको मूल्य तय गरिदिएको हो । यी दुवै कम्पनीका फागुन १८ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग र लाभांश पाउन योग्य छन् ।

Prabhu
Crest

नेप्सेले सपोर्ट लघुवित्तको अन्तिम शेयर मूल्य १ हजार १०० रुपैयाँको आधारमा ११ प्रतिशत बोनश शेयरपछिको मूल्य ९९० रुपैयाँ ९९ पैसा तोकेको छ । त्यस्तै नेप्सेले डिप्रोक्स लघुवित्तको अन्तिम शेयर मूल्य ८१९ रुपैयाँको आधारमा १० प्रतिशत बोनश शेयरपछिको मूल्य ७४४ रुपैयाँ ५५ पैसा तोकेको छ ।

अब आइतवार यी दुवै कम्पनीको शेयर कारोबार समायोजन मूल्यको आधारमा खुला हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS