काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ११ गते १४औं वार्षिक साधारण सभा गर्दैछ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ११ः३० बजे शुरू गर्ने कम्पनीले जनाएको छ । कम्पनीको फागुन १७ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई २२ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि १ दशमलव १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । कम्पनकिो यस साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन ३० गतेदेखि चैत ११ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । यसको आधारमा फागुन २९ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
1677733366026 (1)