Connect IPS
IME Life

फियुनद्धारा लुम्बिनी गुरुयोजना परिसरमा शौचालय निर्माण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघ (फिइयुन) द्धारा लुम्बिनी गुरुयोजना परिसर गेट न.४भित्र जेन्डर सेप्रेटेड स्मार्ट पब्लिक ट्वाइलेट निर्माण गरेको छ । कोरियन फाइनान्सियल इन्डष्ट्रि फाउन्डेसन (केएफआइएफ) को आर्थिक सहयोग तथा युएनआई एशिया एण्ड प्यासिफिक तथा लुम्बिनी विकास कोषको सहकार्यमा उक्त ट्वाइलेट निर्माण भएको हो ।

उक्त सार्वजनिक शौचालय निर्माणको शिलान्यास कार्यक्रम भने २०७९ फागुन १३ गते लुम्बिनी गुरुयोजना परिसर गेट न.४ निर्माण स्थलमा भएको हो । युएनआई एशिया एण्ड प्यासिफिकका महासचिव राजेन्द्र कुमार आचार्यको प्रमुख आतिथ्इतामा सम्पन्न भएको हो । कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई तथा सदस्य सचिव सानुराज शाक्य विशिष्ठ अतिथिको रुपमा रहेका थिए । साथै लुम्बिनी विकास कोषका तथा योजना प्रमुख इन्जिनियर सरोज भट्टराई युएनआई नेपालका अध्यक्ष शंकर लामिछाने युएनआई एशिया एण्ड प्यासिफिकका प्रोग्राम एण्ड अर्गनाइजिङ कोअर्डिनेटर तिलकजंग खड्काको पनि उपस्थिति रहेको थियो ।

Prabhu
Crest

वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरुको पेशागत हकहितको संरक्षण एवं वित्तीय क्षेत्रमा पारदर्शिता र सुशासन कायम गरी वित्तीय क्षेत्रको विकास र स्थायित्वका लागि निरन्तर क्रियाशिल रहदै आएको यस संस्थाले समाजप्रति ट्रेड युनियन उत्तरदायी रहेको सन्देश दिने उदेश्य रहेको संस्थाले जनाएको छ । साथै उक्त शौचालय निर्माण गरिदिएकोमा कोषका अध्यक्ष भट्टराईले धन्यवाद ज्ञापन गरे ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS