काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १० प्रतिशत बोनश शेयर शेयधरनीको हितग्राही खातामा पठाएको छ । फागुन १५ गते धितोपत्र दोस्रो बजारमा सूचिकृत गराई सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा कम्पनीले बोनश शेयर जम्मा गरिदिएको हो ।
कम्पनीले माघ ६ गते सम्पन्न दशौं वार्षिक साधारण सभामार्फत १० प्रतिशत बोनश शेयरसँगै कर प्रयोजनका लागि समेत १० प्रतिशत नगद लाभांशसम्बन्धी प्रस्ताव पारित गरेको थियो ।
साधारण सभा प्रयोजनका लागि पुस २२ गते एक दिन बुक क्लोज गरेको थियो । यसको आधारमा पुस २१ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश पाएका छन् ।