Connect IPS
IME Life

मिथिला लघुवित्तको प्रस्तावित लाभांश आज पारित हुँदै, कहिलेसम्म किन्नले पाउँछन् शेयर ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले १४औंवार्षिक साधारण सभा आज आयोजना गर्दैछ । सभा न्यू बौवा होटल एण्ड गेष्ट हाउसको सभाहल भिथिला नगरपालिका १० लालगढ, धनुषामा बिहान ११ बजे शुरू हुने कम्पनीले जनाएको छ ।

सभाले १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले हाल कायम रहेको अधिकृत पूँजी २० करोडमा १० करोड थप गरी ३० करोड पुर्‍याउने प्रस्तावलाई समेत सभाले पारित गर्नेछ ।

Prabhu
Crest

सभाले सञ्चालक समितिको अध्यक्ष र सञ्चालकहरूको बैठक भत्ता वद्धि गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । हाल कम्पनीमा ६० प्रतिशत संस्थापकतर्फ र ४० प्रतिशत सर्वसाधारणतर्फ शेयर स्वामित्व रहेको छ । सो संरचना परिवर्तन गरी संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

सभाले अन्य कुनै लघवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ५ गते एक सदिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा फागुन ४ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS