काठमाडौं । विद्युत नियमन आयोगले अपर तामाकोशी हाइड्रोपावर कम्पनी लाई हकप्रद निष्काशन गर्न अनुमति प्रदान गरेको छ । आयोगको आज बसको १८७ औं बैठकले कम्पनीलाई शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो ।
कम्पनीको भदौ ३ गते सम्पन्न साधारण सभाले १ बराबर १ शेयरको अनुपातमा हकप्रद शेयरजारी गर्ने प्रस्ताव पारित गरेको थियो । हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ ।