Connect IPS
IME Life

कुमारी बैंकको संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कुमारी बैंक लिमिटेडले आज फागुन १६ गतेदेखि २ लाख ९६ हजार कित्ता संस्थापक तर्फको शेयर विक्रीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता २१९ रुपैयाँमा विद्यमान संस्थापक शेयरधनीसँगै अन्य जो कोही व्यक्ति तथा संस्थाहरूले खरिद गर्न मिल्ने गरी शेयर विक्रीमा ल्याएको जनाएको छ ।

ईच्छुक खरीदकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी फागुन ३० गते अपरान्ह ३ बजेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । साथै बोलपत्र विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडको नागपोखरी नक्साल, काठमाडौंस्थित कार्यालयमा पेश गर्नुपर्ने छ ।

Prabhu
Crest

बोलपत्र पेश गर्दा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्नुपर्नेछ । आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो प्यान नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्ने बैंकले जनाएको छ ।

शिलबन्दी खाम बाहिर आवेदनकर्ताले कुमारी बैंक लिमिटेडको संस्थापक शेयर खरीद आवेदनसमेत उल्लेख गर्नुपर्नेछ । तोकिएको अवधिभित्र प्राप्त भएको बोलपत्र चैत १ गते विक्री प्रबन्धकको कार्यालयमा विहान १० बजे खोलिने समेत बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS