IME Life
GBIME

आत्मनिर्भर लघुवित्तको आइपीओ भर्ने आज अन्तिम मौका, हालसम्म कति पर्यो आवेदन ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । हालसम्म कम्पनीको आइपीओमा १२ लाख २४ हजार १६ जनाको आवदेन परेको छ । सिडिएसको हिजो साझ ५ बजेसम्मको तथ्याङक अनुसार यी आवेदहरुबाट १ करोड ३६ लाख ८० हजार ३३० कित्ताको लागि आवेदन परेको हो । यो माग गरिएभन्दा धेरै आवेदन बढी हो ।

कम्पनीले फागुन ११ गतेदेखि सर्वसाधारणका लागि १ लाख ६९ हजार ७५५ कित्ता आइपीओ सार्वजनिक निष्काशनमा ल्याएको हो । सर्वसाधारणका लागि कम्पनीले आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२ दशमलव ६२५ प्रतिशत दरको २ लाख ३ हजार ३८० कित्ता शेयर विक्री गर्न अनुमति पाएको थियो ।

SKYWELL
Crest

कुल कित्ता शेयरमध्ये १० प्रतिशत दरको २० हजार ३३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा बाँडफाँट गरी ३ हजार ११७ कित्ता शेयर कर्मचारीहरू र १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी शेयर सार्वजनिक निष्काशनमा ल्याएको हो ।

आइपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । आइपीओमा आवेदन दिने अन्तिम दिन आज सोमवार रहेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS