IME Life
GBIME

एशियन हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, यी तीन तरिकाबाट नतिजा हेर्न सकिने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ आज बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार कम्पनीको आइपीओमा कुल १४ लाख ३२ हजार २ सय २२ जनाबाट १ करोड ५५ लाख २५ हजार ४ सय कित्ताको लागि आवेदन परेको थियो । जसमध्ये ६ हजार ५ सय २ जनाको आवेदन रद्द भएको र १४ लाख २५ हजार ७ सय २० जना आवेदक मात्र योग्य रहेको क्यापिटलले जनाएको छ ।

Crest

आइपीओमा माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । गोलाप्रथा मार्फत ६९ हजार ७ सय २० जना आवेदकले मात्र १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदकको भने हात खाली भएको छ । कम्पनीले माघ २७ गतेदेखि फागुन ३ गतेसम्म सर्वसाधारणलाई आईपिओ निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ६ लाख ९७ हजार २ सय कित्ता शेयर निष्काशन गरेको थियो ।

यी तीन तरिकाबाट हेर्न सकिन्छ नतिजा
आइपीओको नतिजा भने केही समयपछि हेर्न सकिनेछ । नतिजा प्रकाशन भएपछि विभिन्न आइपीओ नतिजा ३ तरिकाबाट हेर्न सकिनेछ। जसअनुसार बिक्रि प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट https://www.nmbcl.com.np, सिडीएससीको मेरो शेयरको वेबसाइट  meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np/ बाट हेर्न सकिनेछ ।

 

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS