IME Life
GBIME

द भ्वाइस किड्स सिजन २ को भोटिङ पार्टनरमा खल्ती

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । “द भ्वाइस किड्स सिजन १“ र “द भ्वाइस सिजन ४“ सफलतापूर्वक सम्पन्न गरिसकेपछि खल्तीले “द भ्वाइस किड्स – सिजन २“ सँग एक्सक्लुसिभ भोटिङ पार्टनरको रूपमा साझेदारी गरेको छ । कार्यक्रमको भोटिङ लाइनहरु खुलेपछि दर्शकहरुले सजिलैसँग आफ्नो मनपर्ने प्रतिभालाई भोट गर्न सक्नेछन् ।

कार्यक्रम फागुन २६ गतेबाट हिमालय टिभीबाट औपचारिक रुपमा प्रसारण हुने छ । अघिल्ला वर्षहरूमा, यस कार्यक्रमले पहिले नै दर्शकहरुको ध्यानाकर्षक गरिसकेको र आगामी सिजनमा पनि त्यस्तै हुने अपेक्षा गरिएको छ। यस सिजनमा पनि गायक प्रमोद खरेल, प्रविशा अधिकारी र मिलन नेवार कार्यक्रमका कोच।निर्णायक रहनेछन् । यसैबीच, यो सिजनका लागि नयाँ कोच गायक शुशान्त केसी पनि रहेका छन् ।

Crest

द भ्वाइस एक अन्तर्राष्ट्रिय रियलिटी टेलिभिजन गायन प्रतियोगिता फ्रान्चाइजी हो जसले देशभरका दर्शकहरूको मन जितेको छ । कार्यक्रमले युवा, प्रतिभाशाली गायकहरूलाई आफ्नो सीप प्रदर्शन गर्न र उत्कृष्ट गायकको शीर्षकको लागि प्रतिस्पर्धा गर्न प्लेटफर्म प्रदान गर्दछ ।

२०७४ मा नेपालमा “द भ्वाइस नेपाल” नाममा अन्तर्राष्ट्रिय गायन प्रतियोगिताको फ्रेन्चाइज सुरु भएको थियो । ‘द भ्वाइस नेपाल’ का चार वटा सिजन र ‘द भ्वाइस किड्स’ को एउटा सिजनको सफलतापछि ‘द भ्वाइस किड्स’ को दोस्रो सिजनतर्फ अघि बढिरहेको छ । खल्ती सन् २०७८ देखि द भ्वाइस नेपालसँग २ सिजन र द भ्वाइस किड्स सिजन १ का लागि विशेष साझेदार बनिसकेको छ ।

द भ्वाइस किड्स – सिजन २, हिमालय टिभीमा हरेक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुनेछ। कार्यक्रम ब्लाइन्ड अडिसनबाट सुरु हुनेछ, त्यसपछि ब्याटल राउन्ड, लाइभ राउन्ड र फाइनल राउन्ड हुनेछ । भोटिङ लाइन लाइभ राउन्डबाट खुला हुनेछ र प्रयोगकर्ताहरूले खल्ती एप प्रयोग गरी आफ्नो मनपर्ने प्रतिभालाई भोट गर्न सक्नेछन् ।

साझेदारीको बारेमा बोल्दै, खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “हामी ‘द भ्वाइस किड्स नेपाल’ सँग अर्को साझेदारी गर्न पाउँदा र खल्ती डिजिटल वालेटमार्फत आम दर्शकलाई डिजिटल भोटिङको सुविधा प्रदान गर्न पाउँदा खुसी छौं। अघिल्लो सिजनको तुलनामा यो शो अजै धेरै सफल हुनेमा म विश्वस्त छु। म सबैलाई खल्ती डाउनलोड गर्न र आफ्नो मनपर्ने प्रतियोगीलाई निर्बाध रूपमा भोट गर्न तयार हुन अनुरोध गर्दछु।”

हाल खल्तीमा देशभरिका ३१ लाख भन्दा बढी प्रयोगकर्ताहरू, ७० हजार भन्दा बढी एजेन्ट, ६० हजार भन्दा व्यापारी, ५० भन्दा बढी बैंक तथा वितिय संस्था, एक हजार भन्दा बढी सहकारीहरू र २५० भन्दा बढी कर्मचारी को परिवारमा वृद्धि गरेको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS