Connect IPS
IME Life

बोटलर्स नेपालका दुवै कम्पनीले पठाए शेयरधनीको बैंक खातामा नगद लाभांश

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बोटलर्स नेपाल अन्तर्गतका दुई वटै कम्पनीले आफ्ना शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरेका छन् । बोटलर्स नेपाल तराई र बोटलर्स नेपाल बालाजुले गत पुस २७ गते छुट्टाछुट्टै वार्षिक साधारण सभाबाट पारित नगद लाभांश आफ्ना शेयरधनीको बैंक खातामा जम्मा गरेको जनाएका छन् ।

बोटलर्स नेपाल तराईले साधारण सभाबाट पारित ६० प्रतिशत नगद लाभांश कर कट्टी गरी गत माघ २३ गतेबाट शेयरधनीको हितग्राही खातामा उल्लेखित बैंक खातामा जम्मा गरेको जनाएको छ । त्यस्तै बोटलर्स नेपाल बालाजुले साधारण सभाबाट पारित २० प्रतिशत नगद लाभांश कर कट्टा गरी माघ २३ गतेबाट नै शेयरधनीको बैंक खातामा पठाएको जनाएको छ ।

Prabhu
Crest

हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीले नगद लाभांश पाउनका लागि शेयर अभौतिकीकरण गराई हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउनु पर्नेछ । त्यस्तै शेयर अभौतिकीकरण गराएका तर बैंक खाता नम्बर अद्यावधिक नगराएका शेयरधनीले पनि बैंक खाता अद्यावधिक गराएपछि मात्रै नगद लाभांश पाउनेछन् ।

साथै यी दुवै कम्पनीले अघिल्ला वर्षहरूमा घोषणा भएको लाभांश नलिएका शेयरधनीलाई भुक्तानी लिन आग्रह गरेका छन् । दुवै कम्पनीले प्रमाणसहित कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडमा सम्पर्क गरी लाभांश भुक्तानी लिन आग्रह गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS