काठमाडौं । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई एकिकृत निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले भाखा नाघेको ३० दिनभित्र कर्जाको साँवा र ब्याज तिरेमा जरिबाना नलाग्ने व्यवस्था गरेको छ । त्यस्तै, राष्ट्र बैंकबाट जारी भएको बैंक बिदाको सूचीबाहेक सरकारले दिने आकस्मिक बिदाका दिनमा पनि निश्चित समय बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालय खोली सेवाग्राहीहरुलाई सेवा दिन आग्रह गरेको छ ।
त्यसैगरी विप्रेषण बचत खातामा निक्षेप राखे १ प्रतिशत विन्दु थप गरी ब्याजदर प्रदान गर्ने व्यवस्था गरेको छ ।