काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारले दिने आकस्मिक विदाको दिनमा पनि बैंक तथा वित्तीय संस्था खुला राख्न निर्देशन दिएको छ । राष्ट्र बैंकले क ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन, २०७९ लाई परिमार्जन गरि उक्त निर्देशन दिएको हो ।
राष्ट्र बैंकको निर्देशन अनुसार बैंक विदा बाहेक सरकारले अपरझट दिने विदाको दिन विहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म सेवा संचालन गर्नुपर्नेछ । उक्त दिन नगद कारोबार, चेक क्लियरिंग, आरटीजीएस लगायतका बैंकिंग सेवा संचालन हुने राष्ट्र बैंकले जनाएको छ ।