काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त भएको छ । अब कालिन्चोक दर्शन लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनिहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ।
कालिन्चोक दर्शन लिमिटेडले स्थानीय र सर्वसाधारणका लागि आइपीओ निष्काशन गरी बाँडफाँड गरिसकेको छ । कम्पनीको शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचिकरणको प्रक्रियामा रहेको छ ।