Connect IPS
IME Life

आत्मनिर्भर लघुवित्तको आइपीओ ३ लाख ६६ हजारले भरे

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको फागुन ११ गतेदेखि विक्री खुला गरेको आइपीओमा पहिलो दिनमै मागभन्दा २४ दशमलव ५० गुणा बढी आवेदन परेको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारीअनुसार बिहीवार साँझ ५ बजेसम्म ३ लाख ६६ हजार २३८ जना आवेदकले ४१ लाख ६० हजार ४६० कित्ता आइपीओ खरीद माग गरेका छन् ।

कम्पनीले सर्वसाधारणका लागि १ लाख ६९ हजार ७५५ कित्ता आइपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो । सर्वसाधारणका लागि कम्पनीले आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२ दशमलव ६२५ प्रतिशत दरको २ लाख ३ हजार ३८० कित्ता शेयर विक्री गर्न अनुमति पाएको थियो ।

Prabhu
Crest

कुल कित्ता शेयरमध्ये १० प्रतिशत दरको २० हजार ३३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा बाँडफाँड गरी ३ हजार ११७ कित्ता शेयर कर्मचारीहरू र १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी शेयर सार्वजनिक निष्काशनमा ल्याइएको हो ।

पहिलो दिनमै मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीको आइपीओ छिटो अवधि फागुन १५ गतेसम्म मात्र विक्रीमा रहनेछ । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी(आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS