काठमाडौं । पछिल्लो समय नेपालीहरुमा पनि बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आइरहेको छ । विभिन्न उत्सवहरुमा जीन्सी सामान, गरगहना लगायतका उपहार दिनुको सट्टा पछिल्लो समय बीमा पोलिसी उपहार दिने प्रचलनले प्राथमिकता पाउँदै आएको छ ।
यसैबीच बुवा राजन तिमील्सिना र आमा राधिका तिमिल्सिनाले आफ्नो छोरी रोशनी तिमिल्सिनाको बिबाहमा बीमा पोलिसी उपहार दिएका छन् । उनीहरुले आफ्नो छोरीलाई एलआइसी नेपालको बीमा पोलिसी खरिद गरी उपहार स्वरुप दिएका हुन् ।
उनीहरुले बीमा अभिकर्ता प्रभा ज्ञवाली मार्फत उक्त पोलिसी लिएका हुन् । तिमिल्सिनाका दम्पित्तीले भने हामीलाई छोरीको बिहे गर्दा आर्थिक संकट भए जस्तो भोली छोरीको सन्तानलाई बिहे गर्न र अन्य आर्थिक संकट कम होस तथा उनीहरुलाई दुख नहोस भनेर बीमा गराइदिएको बताए ।
पछिल्लो समयमा बिहे जन्मदिन, बिबाहउत्सबमा बीमा पोलीसी उपहार दिने चलन बढेको बीमा अभिकर्ता प्रभा ज्ञवालीले बताइन् ।