Connect IPS
IME Life

सर्वसाधारणले आत्मनिर्भर लघुवित्तको आइपीओ आजदेखि भर्न पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि आइपीओ विक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ विक्री गरेपछि आजबाट सर्वसाधारणका लागि आइपिओ निष्काशन गरेको हो ।

संस्थाले जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६३५ प्रतिशतले हुन आउने २ करोड तीन लाख ३८ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने भएको हो ।

Prabhu
Crest

सर्वसाधारण समुहको उक्त शेयर मध्ये १० प्रतिशत अर्थात २० हजार ३३८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गर्ने भएको हो । सर्वसाधारण समुहको शेयर मध्येबाटै तीन हजार ११७ कित्ता शेयर कर्मचारीहरुका लागि छुट्टाएको छ । ५ प्रतिशत अर्थात १० हजार १७० कित्ता सामुहिक लगानी कोषहरुका लागि सुरक्षित गरेको छ ।

यसरी कर्मचारी, सामुहिक लगानीकोष र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि बिक्री गरेर बाँकी रहेको एक करोड ६९ लाख ५५ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्नेछ ।

सर्वसाधारणले सि आस्वा सुविधा प्रदान गर्ने बैंक वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् । दुबै समुहका लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम १००० कित्तासम्मको लागि ‍आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले यसमा फागुन १५ गतेसम्म आवेदन दिन पाउनेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा भने फागुन २५ गतेसम्म पनि भर्न पाइनेछ । धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा सन राइज क्यापिटल रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS