काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल मर्जर पछि कायम शेयर नेप्सेमा सूचिकृत भएको छ । मर्जरमा गएपछि कायम हुन आएको कुल ३४ करोड १२ लाख ८५ हजार ९४९ कित्ता शेयर नेपालइन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको नामबाट सूचिकृत भएको हो ।
मर्जर पछिको पहिलो कारोबारको लागि नेप्सेले २३६ रुपैयाँ ८५ पैसा ओपन रेञ्ज दिएको छ । यही मूल्य रेञ्जको आधारमा कम्पनीको शेयर भोलि बिहीवार देखि कारोबारमा आउनेछ । यी दुई बैंक १ः०.९० अनुपातमा मर्जरमा गएका हुन भने पुस २७ गते देखि एकिकृत कारोबार शुरु गरेका हुन ।
1677051183796