काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्जमा एभरेष्ट बैंकको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको १ करोड २३ लाख ७ हजार ५४२ दशमलव २७ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।
कम्पनीले मंसिर २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ प्रतिशत बोनश शेयर सूचीकृत गराएको हो । अव यो बोनश शेयर शेयरधनीले हितग्राही खातामा आएपछि खरीदविक्री गर्न पाउनेछन् ।