काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी १४ करोड १७ लाख ४५ हजारको आधारमा कुल ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो ।
गत माघ १६ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले ४ दशमलव ७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । कम्पनकिो उक्त लाभांशलाई राष्ट्र बैंकले स्वीकृति दिएको हो ।
1676893028740