काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ० दशमलव ३६८४ प्रतिशत नगद लाभांश गरी कुल ७ दशमलव ३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
कम्पनीको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लगानीकर्तामा वितरण हुनेछ ।
1677039993681