काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँड भएको छ । कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई निष्काशन गरेको आइपीओ बाँडफाँड भएको हो ।
क्यापिटलका अनुसार १० देखि १ हजार कित्ता सम्म आवेदन दिने २ हजार ३३ जनालाई १० कित्ताको दरले शेयर बाँडफाँड गरिएको छ । त्यस्तै २० देखि १ हजार कित्ताको लागि आवेदन दिने मध्येबाट ८ जनालाई थप १ कितात शेयर बाँडफाँड गरिएको छ । यस हिसाबमा ८ जनाले ११ कित्ता शेयर पाएका छन् ।
कम्पनीले माघ १६ गतेदेखि नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई आइपीओ बिकी खुला गरेको थियो । कम्पनीले वैदेशीक रोजगारीमा रहेका नेपाली श्रमिकलाई २० हजार ३ सय ३८ कित्ता शेयर निष्काशन गरेको थियो ।
कम्पनीले फागुन ११ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२ दशमलव ६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता शेयर सर्वसाधारणमा विक्री गर्नेछ ।