काठमाडौं । सामुदायिक लघुवित्तले लाभांश प्रस्ताव गरेको छ। कम्पनीको फागुन ९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफा बाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हालको चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र ११ दशमलव ०५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि समेत) गरि कुल २१ दशमलव ०५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
1677039137691