Connect IPS
IME Life

एनआईसी एशिया क्यापिटलको अध्यक्षमा राठी नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको संचालक समितिको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त भएका छन् । कम्पनीको फागुन ८ गते सम्पन्न संचालक समितिको १२०औं बैठकको निर्णय बमोजिम फागुन ८ गतेदेखि लागु हुने गरि यस एनआईसी एशिया क्यापिटल लिमिटेडको अध्यक्षमा राठी नियुक्त भएका हुन् ।

एनआईसी एशिया बैंक लिमिटेडमा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत सन्तोष कुमार राठीको बैंकिङ्ग क्षेत्रमा करिब २० वर्षको अनुभव रहेको छ । नवनियुक्त संचालक समितिका अध्यक्ष सन्तोष कुमार राठीले हासिल गरेको लामो कार्यअनुभव तथा उच्च व्यवस्थापकिय क्षमताले गर्दा आगामी दिनमा क्यापिटलको समग्र व्यवसाय विस्तार र क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाई क्यापिटलले थप नयाँ उचाई चुम्ने विश्वास लिएको छ ।

Prabhu
Crest

यस एनआईसी एशिया क्यापिटलले आर्थिक वर्ष २०७९/०८० को दोश्रो त्रैमाससम्मा रु.५ करोड ६१ लाख भन्दा बढी खुद मुनाफा आर्जन गरी प्रति शेयर आम्दानी रु.५६.१० कायम गर्न सफल भएको छ । क्यापिटल स्थापना भएको छोटो अवधिमा नै आर्थिक वर्ष २०७९/०८० को दोश्रो त्रैमास अन्त्यसम्म एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत ४ वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्मा ५ वटा योजनाहरु संचालन गरिरहेको छ ।

साथै यस क्यापिटलद्धारा संचालित खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” मा Systematic Investment Plan (SIP)/Systematic Withdrawal Plan (SWP) समेत संचालन गरिरहेकोछ । लगानी व्यवस्थापन सेवा अन्तर्गत “मेरो लगानी, मेरो भविष्य” भन्ने मूल नाराका साथ ग्राहकमुखी नवीनतम्योजनाहरु संचालन गरी आ.व. २०७९/०८० को पौष मसान्तसम्ममा ५८६ जना ग्राहकहरुबाट रु.१ अर्व ५६ करोड भन्दा बढी रकम संकलन गरी लगानी व्यवस्थापन सेवा उपलब्ध गराइरहेको छ ।

निक्षेप सदस्य सेवा अन्तर्गत पौष मसान्त, २०७९ सम्म ६ लाख ३० हजार भन्दा बढी डिम्याट खाता खोली ८४ वटा निक्षेप सदस्य कम्पनीहरु मध्ये पहिलो स्थान हासिल गर्न सफल भएको छ । क्यापिटलले मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत २०७९ साल पौष मसान्तसम्ममा १४ वटा कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ । साथै क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष संचालन गर्नको लागि स्वीकृति प्राप्त गरिसकेको र विशिष्टीकृत लागनी कोष अन्तर्गतको योजना निकट भविष्यमा ल्याउन लागिएको जनाएको छ ।

हाल क्यापिटलले आफ्नो सेवालाई सर्वसुलभ र प्रविधिको प्रयोग मार्फत ग्राहकहरु माँझ पु¥याउन डिम्याट तथा मेरो शेयर खाता खोल्ने, नविकरण गर्ने, SIP सहित खुलामुखी योजनाको इकाईको खरिद पूनखरिद र लगानी व्यवस्थापन सेवा समेत अनलाईन मार्फत लिन सकिने व्यवस्था मिलाएको छ । साथै आगामी दिनमा क्यापिटलबाट प्रदान गरिने सम्पूर्ण सेवाहरुलाई डिजिटलाईज रुपमा उपलब्ध गराउने रणनीति लिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS