Connect IPS
IME Life

आदर्श लघुवित्तले डाक्यो साधारण सभा, लाभांश र मर्जरको प्रस्ताव पारित गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ३० गते पाँचौ वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको फागुन ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गौतम भिलेज रिसोर्ट बनेपा, काभ्रेपलाञ्चोकमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७८/ ०७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नेछ । यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी २ करोड ७ लाखको आधारमा २० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

डिप्रोक्स लघुवित्तले प्राप्ति गर्न लागेको यस कम्पनीले प्राप्ति प्रक्रियाका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय यस सभाले गर्नेछ ।

डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई समान हैसिएतमा प्राप्ति गर्न लागेको हो । उल्लेखित प्रस्तावहरूसँगै साधारण शेयरधनीको तर्फबाट दुई जना सञ्चालक निर्वाचनको प्रस्ताव सभाले पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि फागुन १६ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन १५ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS