काठमाडौं । नेपाल सरकारको विकास ऋणपत्र सोमवार नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्वारा निष्काशन गरिएको कुल १५ अर्ब बराबरको विकास ऋणपत्र सूचिकृत भएको हो ।
२०८४ ‘झ’ नामक विकास ऋणपत्र चार वर्ष अवधिको लागि ८ अर्ब बराबरको र २०८४ ‘ञ’ नामक विकास ऋणपत्र पाँच वर्ष अवधिको ७ अर्ब बराबरको विकास ऋणपत्र सूचिकृत भएको हो । राष्ट्र बैंकले २०८४ ‘झ’ नामक विकास ऋणपत्र वार्षिक ९ दशलमव ५० प्रतिशत ब्याजदरमा माघ १८ गते निष्काशन गरेको थियो ।
यसको साँवा भुक्तानी २०८४ माघ १८ गते हुनेछ । त्यसैगरी २०८४ ‘ञ’ नामक विकास ऋणपत्रको वार्षिक ८ दशलमव ९८ प्रतिशत ब्याजदरमा माघ २५ गते निष्काशन भएको थियो । ऋणपत्रको साँवा भुक्तानी २०८४ माघ २५ गते हुने जनाएको छ ।
1676882312438