काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सन्ध्याकालिन र होलिडे काउन्टर सेवा सञ्चालनमा ल्याएको छ । बैंकले सेवाग्राहिलाई मध्यनजर गर्दै आफ्ना विभिन्न शाखामा उक्त सेवा सञ्चालनमा ल्याएको हो ।
बैंकका अनुसार प्रत्येक आइतबारदेखि विहिबारसम्म विहान १० देखि ४ः३० बजेसम्म नियमित सेवा उपलब्ध हुनेछ भने सोहि दिन साँझ ५ बजेदेखि ७ बजेसम्म सन्ध्याकालिन सेवा सञ्चालन हुनेछ । साथै प्रत्येक शुक्रबार विहान १० बजेदेखि १:३० बजेसम्म बैंकको नियमित सेवा रहनेछ भने दिउँसो २ः३० देखि साँझ ५ बजेसम्म सन्ध्याकालिन सेवा सञ्चालन हुने बैंकले जनाएको छ ।
बैंकले आफ्ना ग्राहकलाई सातै प्रदेशमा सञ्चालनमा रहेका विभिन्न शाखा मार्फत उक्त सेवा उपलब्ध गराएको हो । सो काउन्टर शनिबार तथा अन्य सार्वजनिक विदाको दिनमा पनि सञ्चालन हुने बैंकले जनाएको छ ।