काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री मथुरा श्रेष्ठको निधन भएको छ । पूर्व स्वास्थ्यमन्त्री तथा प्राध्यापक समेत रहेका ८८ वर्षिय श्रेष्ठको सोमबार विहान उपचारको निधन भएको हो ।
लामो समयदेखि दम र छातीको रोगबाट संक्रमित रहेका श्रेष्ठको उपचारको क्रममा अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो । डाक्टर समेत रहेका श्रेष्ठले चिकित्सा शिक्षा अध्ययन संस्थान आइओएममा काम गरेका थिए । उनी २०४६ सालपछि बनेको सरकारमा नागरिक समाजका तर्फबाट स्वास्थ्य मन्त्री बनेका थिए ।
श्रेष्ठको मंगलबार पशुपति अर्यघाटमा अन्त्यष्टि गरिने उनको परिवारले जनाएको छ ।