IME Life
GBIME

एचआईडिसिएलको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम मौका

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) को लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले यसअघि वितरण नभएको संस्थापकतर्फको शेयर माघ २२ गते देखि संस्थापकतर्फको २ करोड २१ लाख ९७ हजार ३२५ कित्ता हकप्रद शेयर लिलामीमा विक्री खुला गरेको हो ।

ईच्छुक आवेदकले भोलि सोमवार बैकिङ्ग समय सम्म आवेदन दिन सक्नेछन् । यस कम्पनीले शतप्रतिशत हकप्रद शेयर विक्री गर्दा वितरण हुन नसकेको ३ करोड ३० लाख कित्ता शेयर विभिन्न चरणमा लिलामी प्रक्रियामार्फत विक्री गर्दै आएको छ । यसअघि विभिन्न चरणमा विक्री खुला गर्दा वितरण हुन नसकेको उल्लेखित शेयर पुनः विक्रीमा ल्याएको हो ।

Crest

धितोपत्र दोस्रो बजारमा कम्पनीको लिलामी प्रक्रियाबाट विक्री भएको संस्थापकतर्फको शेयर अन्य संस्थापक उपसमूहमा रहने कम्पनीको भनाइ छ । कम्पनीको संस्थापकतर्फको शेयर सर्वसाधारण शेयरकै मूल्यमा खरीदविक्री गर्न मिल्ने कम्पनीले जनाएको छ ।

प्रतिकित्ता न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको उल्लेखित शेयर खरीदका लागि न्यूनतम १०० कित्ता वा सोभन्दा बढी अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । ५ लाखभन्दा बढी रकमको आवेदन दिनेले अनिवार्यरूपमा आफ्नो प्यान नम्बर आवेदन फाराममा उल्लेख गर्नुपर्ने कम्पनीले जनाएको छ ।

शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS