Connect IPS
IME Life

आजसम्म शेयर किन्नेले यी तीन कम्पनीको प्रस्तावित लाभांश पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था,ङादी ग्रुप पावर र कर्पोरेट डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने दिन आज अन्तिम दिन रहेको छ । यी तीन कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १० गते बुक क्लोज गर्ने भएका छन् । त्यसकारण फागुन ९ गते ग्याल्पो ल्होसारका अवसरमा सार्वजनिक विदा भएकाले आज सोमवार फागुन ८ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

कर्पोरेट डेभलपमेन्ट बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन २२ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको प्रधान कार्यालय बीरगञ्ज पर्सामा हुने जानकारी कम्पनीले जानकारी दिएको छ ।

Prabhu
Crest

त्यस्तै स्वावलम्बन लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनश शेयर र ६ दशमलव ०५२६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । यस प्रस्ताव पारितका लागि कम्पनीले फागुन १९ गते साधारण सभा बोलाएको छ । सभा लैनचौर ब्याक्वेट काठमाडौंमा बिहान १०ः३० बजे शुरु गर्ने कम्पनीले जानकारी दिएको छ ।

त्यसैगरी ङादी ग्रुप पावर कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ४ दशमलव ७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन २५ गते साधारण सभा बोलाएको छ । सभा युनियन हाउस अनामनगर काठमाडौंमा बिहान १० बजे शुरु हुने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS