Connect IPS
IME Life

ग्लोबल आइएमई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले माघ २९ गतेदेखि निष्काशन गरेको ऋणपत्रमा माग बमोजिम आवेदन परेपछि फागुन ५ गतेसम्म मात्र विक्रीमा रहने भएको हो । फागुन ४ गते माग बमोजिम आवेदन नपरेको भन्दै फागुन १४ गतेसम्मको विक्री मिति तय गरेको कम्पनीले फागुन ५ गते मागभन्दा बढी आवेदन परिसकेको जनाएको छ ।

कम्पनीले वार्षिक ११ दशमलव २५ प्रतिशत ब्याजदर रहेको ५ वर्ष अवधिको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/ ८५’ नामक ऋणपत्र कम्पनीले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित दरको ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।

Prabhu
Crest

कुल कित्तामध्ये ६० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा विक्री गरिने कम्पनीले जनाएको छ ।

सर्वसाधारणलाई छुट्याएको मध्येबाट ७० हजार कित्ता सामूहिक लगानी कोषहरूमा बाँडफाँड गरी बाँकी रहेको ३० हजार कित्तासमेत जोडेर सर्वसाधारणमा १९ लाख ३० हजार कित्ता ऋणपत्र सार्वजनिक निष्काशनमा ल्याईएको हो ।

यस ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिने कम्पनीले बताएको छ ।

यस ऋणपत्र खरीदका लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

साथै मेरो शेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिने व्यवस्था छ । ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई न्यून कर्जा जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS