IME Life
GBIME

आज पहिलो दिनमा मोलुङ्ग हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओमा पहिलो दिनमा नै २ लाख ८१ हजार ८४० जनाको आवेदन परेको छ ।सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार यी आवेदकहरूले ३२ लाख २६ हजार २९० कित्ता शेयर खरीदका लागि माग गरेका छन् ।

कम्पनीले सार्वजनिक निष्काशनमार्फत २२ लाख ६४ हजार ६५५ कित्ता शेयर सर्वसाधारणमा विक्री खुला गरेको हो । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि आईपीओ बाँडफाँडपछि कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको हो ।

Crest

कम्पनीले आफ्नो जारी पूँजीको ३४ प्रतिशतले हुन आउने रू। २७ करोड २८ लाख ५० हजार बराबरको २७ लाख २८ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो ।

त्यसमध्ये १० प्रतिशत अर्थात् २ लाख ७२ हजार ८५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली र ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ४२५ कित्ता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँड गरिसकिएको छ । २ प्रतिशत अर्थात् ५४ हजार ५७० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि छुट्याएर बाँकी शेयर सार्वजनिक निष्काशनमा ल्याइएको हो ।

आइपीओ छिटो अवधि फागुन १० गतेसम्म मात्र विक्रीमा रहनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्ने व्यवस्था छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी(आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS