काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले महिला लघुवित्त र मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर मुल्य समायोजन गरेको छ । यी दुई संस्थाले भोलि बुक क्लोज गर्ने भएसँगै नेप्सेले कम्पनीको शेयर मुल्य समायोजन गरेको हो ।
महिला लघुवित्तको आज अन्तिम कारोबार कायम शेयर मूल्य ४०७९ रुपैयाँको आधारमा नेप्सेले ४७ दशमलव ५० प्रतिशत बोनश शेयर वितरण पछिको शेयर मूल्य २७६५ रुपैयाँ ४२ पैसा कायम गरेको छ ।
त्यस्तै, मिथिला लघुवित्तको आजको अन्तिम कायम शेयर मुल्य १०६० रुपैयाँको आधारमा नेप्सेले १५ प्रतिशत बोनश शेयर वितरण पछिको शेयर मूल्य ९२१ रुपैयाँ ७४ पैसा कायम गरेको छ ।