काठमाडौं । आज साताको पहिलो दिन शेयर बजारमा भारी अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ६३ दशमलव ८८ अंकले घटेर २,१२१ दशमलव ७५ को विन्दुमा कायम भएको छ । आज ८ कम्पनीको मात्रै शेयर मुल्य बढेको छ । २०७ कम्पनकिो शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २५३ कम्पनीको ८१ लाख ३९ हजार ८४० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको कारोबार भएको छ । आज कम्पनीको १४ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, ङादी पावर कम्पनीको ११ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको ७ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।