IME Life

सूर्यज्योति लाइफको अधिकांश सूचकमा प्रगति, जीवन बीमा कोषमा २३ अर्ब ६ करोड

SPIL
NIC ASIA

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो आर्थिक वर्ष २०७९/८० को पुससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ । साविक सूर्य लाइफ र साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनी एक आपसमा मर्ज भई सूर्यज्योतिको नामबाट एकिकृत कारोबार थालेका हुन् । सूर्यज्योति लाइफले प्रकाशन गरेको वित्तीय विवरण हेर्दा कम्पनीको अधिकांश सूचकमा प्रगति देखिएको छ ।

४ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २ अर्ब ५८ करोड ३८ लाख रुपैयाँ संचिती रहेको छ । गत वर्षको अवधिमा कम्पनीको जगेडा कोषमा ६८ कोड ९० लाख रकम थियो । यस अवधिमा कम्पनीको जीवन बीमा कोषमा २३ अर्ब ६ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा १२ अर्ब ५७ करोड थियो । गत वर्षको तुलनामा जीवन बीमा कोषको आकार बढेको हो ।

Prabhu
Crest

यस अवधिमा कम्पनीले २८ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले १५ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा ८१ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीले २ अर्ब ५३ करोड ४० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आथिृक वर्षको यसै अवधिमा कम्पनीले २ अर्ब ४४ कोड ७७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ३ प्रतिशतले बढी हो ।

कम्पनीले ८२ करोड ३४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ५७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले यस अवधिसम्ममा बढी दाबी तिरेको देखिएको छ ।

कम्पनीले यस त्रैमाससम्ममा २ अर्ब ६७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १२ रुपैयाँ ५० पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १६४ रुपैयाँ ६७ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS