IME Life

एशियन लाइफको नाफा ३२ प्रतिशतले बढ्यो, जीवन बीमा कोषमा ३४ अर्ब ८० करोड

SPIL
NIC ASIA

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क र जगेडा कोष बाहेक अधिकांश सूचक बढेको छ ।

कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत त्रैमासिक वित्तीय विवरण अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा खुद नाफा ३३ प्रतिशतले वृद्धि भएर १९ करोड १२ लाख रुपैयाँ पुगेको छ । गत आवको पुस मसान्तसम्मको खुद नाफा जम्मा १४ करोड ४२ लाख रुपैयाँ रहेको थियो ।

Prabhu
Crest

बजार आर्थिक मन्दीबाट गुज्रि रहेका बेला व्यवस्थापन खर्चमा ११ प्रतिशतले कटौती गर्दै खुद नाफा बढाउन सफल भएको देखिएको छ । कम्पनीले व्यवस्थापन खर्चमा गत आ.व.को पुस मसान्तको २ करोड ७२ लाख रुपैयाँबाट कटौती गरेर २ करोड ४१ लाख रुपैयाँमा झारेको छ । जीवन बीमा कम्पनीहरुको अपरिस्कृत वित्तीय विवरणमा उल्लेखित मुनाफा र बीमांकी मूल्यांकन प्रतिवेदन तयार भएपछिको मुनाफामा फरक पर्न सक्छ ।

दोश्रो त्रैमासम्मको कूल बीमाशुल्क आम्दानी गत आ.व.को पुस मसान्तको तुलनामा १ प्रतिशतले गिरावट देखिएको छ । गत पुसमसान्तसम्ममा एशियन लाईफले कूल ३ अर्ब ४२ करोड रुपैयाँ बीमाशुल्क आम्दानी गरेको थियो ।

कम्पनीले जीवन बीमा कोषमा समेत गत आ.व. २०७८।७९ को दोश्रो त्रैमासको तुलनामा १८ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । समीक्षा अवधिमा जीवन बीमा कोषको आकार ५ अर्ब ४३ करोड रुपैयाँले वृद्धि भएर ३४ अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।

लगानी ७ अर्बले बढ्याे

चालू आ.व. २०७९।८० को पुस मसान्तसम्ममा यो कम्पनीको कूल लगानी ७ अर्ब २५ करोड रुपैयाँले वृद्धि भएर ३८ अर्ब ४२ करोड ९९ लाख रुपैयाँ पुगेको छ । कम्पनीले कूल लगानीमा आ.व. २०७८।७९ को पुस मसान्तको तुलनामा २३.२८ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट १५ करोड ८५ लाख रुपैयाँ आम्दानी गरेको छ ।

 

चुक्ता पूँजी बढ्दा जगेडामा दबाब

कम्पनीको चुक्ता पूँजी समिक्षा अवधिमा ४५ प्रतिशतले वृद्धि हुँदा जगेडा तथा कोष पनि ४५ प्रतिशतले घटेको छ । जगेडा तथा कोषमा यो पुस मसान्तसम्ममा ५३ करोड ३३ लाख रुपैयाँ बाँकी रहेको थियो । कम्पनीको चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँबाट अहिले २ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । आगामी चैत्र महिनाभित्र जसरी पनि पाँच अर्ब रुपैयाँ चुक्ता पूँजी पु¥याउनुपर्ने दबाबमा रहेको यो कम्पनीले आ.व. २०७८।७९ को मुनाफाबाट बोनश शेयर वितरणको घोषणा गर्न बाँकी रहेको छ ।

 

असमाप्त जाेखिमकाे व्यवस्था बढ्याे

शेयर बजारमा भएको उतार चढावका कम्पनीको असमाप्त जोखिमवापतको व्यवस्था अ१४ गुणाले वृद्धि भएर ७४ लाख ६५ हजार रुपैयाँबाट १० करोड ८९ लाख रुपैयाँ पुगेको छ । यसैगरी भुक्तानी हुन दाबीवापतको व्यवस्था ५१ प्रतिशतले बढेर ७ करोड १ लाख रुपैयाँ पुगेको छ । यसबाहेक पुस मसान्तसम्मको अवधिमा नोक्सानीका लागी गरिएको व्यवस्थावापतको रकम ८ गुणाले बढेर १३ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।

प्रति शेयर आम्दानी रु‍ १३.१५

पुस मसान्तसम्ममा यो कम्पनीको वार्षिक प्रतिशत शेयर आम्दानी १३ रुपैयाँ १५ पैसा, प्रति शेयर नेटवर्थ १२४ रुपैयाँ ३४ पैसा, पिई अनुपात ५२ र प्रति शेयर कुल सम्पत्तिको मूल्य १४०८ रुपैयाँ १६ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS