Connect IPS
IME Life

सरकारको स्वामित्वमा रहेका आकर्षक योजनाहरु असफल छन् : अर्थमन्त्री पौडेल

SPIL
NIC ASIA new
Sanima Reliance

कठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको स्वामित्वमा रहेका योजनाहरु असफल रहेको बताएका छन् । नेपाल व्यवस्थापन संघको बार्षिक साधारणसभाका प्रमुख अतिथिको रुपमा उपस्थित अर्थमन्त्री पौडेलले सरकारले व्यवस्थापन गर्न नसक्दा अधिकांश योजनाहरु असफल भएको बताएका हुन् ।

सरकारी स्वामित्वमा रहेका कतिपय योजनाहरुले अपेक्षित उपलब्धि हाँसिल गर्न नसक्नुमा सरकारले व्यवस्थापन गर्न नसकेको उनको भनाई छ । सरकारले सञ्चालन गर्दै आएको उद्योगहरुको कच्चा पदार्थ अन्तराष्ट्रिय स्तरको भएतापनि सोचेजस्तो नतिजा हाँसिल गर्न सकेको छैन । हेटौंडा सिमेन्ट कारखाना सञ्चालन गर्न नसक्नु, बाँसबारी जुत्ताकारखाना बन्द हुनु लगाएतका उदाहरण दिँदै उनले सरकारले सबै क्षेत्रमा व्यवस्थापन गर्न नसक्ने भएकोले निजि क्षेत्र र सरकारी साझेदारीमा सञ्चालन गर्न आवश्यक भएको उनले बताए । सरकारको लगानी रहने तर व्यवस्थापनको जीम्मा भने निजि क्षेलाई प्रदान गरि राम्रो उत्पादन गर्ने र नाफा कमाउने, राज्यलाई कर तिर्ने, नाफा बाँडफाँड गर्ने भन्ने धारणा सरकारको रहेको अर्थमन्त्रीको भनाई छ ।

Prabhu
Crest

नेपाल व्यवस्थापन संघमा अनुभवि व्यवस्थापकहरुको सहभागीता भएकोले सरकारी क्षेत्रमा व्यवस्थापन क्षमता स्थानान्तर गर्ने तर्फ ध्यान दिन जरुरी रहेको उनको भनाई छ । यस संस्थाको व्यवस्थापन क्षमता मुलुकले प्राप्त गर्नुपर्छ भन्दै सरकारले सुझावको अपेक्षा राखेकोले उचित सुझाव पाउने विश्वास रहेको उनले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS