काठमाडौं । नेपाल राष्ट्र बैैंकले भाखा नाघेका ऋणीलाई सहुलियत प्रदान गरेको छ । राष्ट्र बैंकले अर्धवार्षिक मौद्रिक समिक्षा सार्वजनिक गर्दै २०८० जेठ मसान्तसम्मको लागि भाखा नाघेको एक महिनासम्म पेनाल्टी लिन नपाउने व्यवस्था गरेको छ । यस अवधिसम्ममा कुनै ऋणीको भाखा नाघेमा उनिहरुले एक महिना अवधिसम्मको पेनाल्टी तिर्नु पर्ने छैन ।
पछिल्लो आर्थिक मन्दीका कारण साँवा र व्याज भुक्तानी गर्न नसक्नेर ऋणीहरुले आत्महत्या गर्ने घटना बढ्न थाले पछि राष्ट्र बैैंकले यस्तो सुविधा दिने निर्णय गरेको हो । व्यापार व्यवसायमा मन्दी आए सँगै अहिले साँना तथा ठुला ऋणी दवावमा छन् ।