IME Life
GBIME

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस शेयर दिएर पूँजी बढाउदै

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको माघ २६ गते दिउँसो साढे तीन बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को संचित मुनाफाबाट चुक्ता पूँजीको ८.५३२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले चुक्ता पूँजी तीन अर्ब एक करोड रुपैयाँको ८.५३२ प्रतिशत अर्थात २५ करोड ६९ लाख रुपैयाँ बोनस शेयर वितरण गर्ने भएको हो ।

बोनस शेयरको कर प्रयोजनका लागि बैंकले ०.४४९ प्रतिशत नगद लाभांश पनि प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाए पछि मात्रै आगामी वार्षिक साधारणसभामा पेश गर्न पाउने छ । साधारणसभाले लाभांशको प्रस्ताव पारित गरे पछि मात्रै शेयरधनीले पाउने छन् । प्रस्तवित बोनस शेयर वितरण पछि चुक्ता पूँजी तीन अर्ब २६ करोड नाघ्नेछ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS