Connect IPS
IME Life

तीन कम्पनीको साधारण सभा आज हुँदै, के-के छन् एजेण्डा ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शुक्रवार तीन कम्पनीको वार्षिक साधारण सभा हुदैछ । आज अरुण भ्याली हाइड्रोपावर,गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स र सिन्धु विकास बैंकले वार्षिक साधारण सभा आयोजना गरेका हुन । अरुण भ्याली हाईड्रोपावर कम्पनीले २५औं वार्षिक साधारण सभा मैत्री हल इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको छ ।

सभाले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १८ गते बुक क्लोज गरिसकेको छ । यस बुक क्लोजको आधारमा माघ १७ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।

Prabhu
Crest

गुहेश्वरी मर्चेन्ट एण्ड बैंकिङ्ग लिमिटेडले २१औं वार्षिक साधारण सभा गुहेश्वरी भवन हरिहर भवन, ललितपुरमा बिहान १० बजे शुरू हुने जानकारी दिएको छ । सभाले ६ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि माघ २० गते बुक क्लोज गरिसकेको छ । यस बुक क्लोजको आधारमा माघ १९ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।

सिन्धु विकास बैंकले तेह्रौं वार्षिक साधारण सभा होटल सारथी धुलिखेल काभ्रेपलाञ्चोकमा बिहान ९ बजे शुरु हुने जानकारी दिएको हो । सभाले आव २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आव २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै सभाले यस बैंक र अनय कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने वा प्राप्ती प्रयोजनको लागि सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १६ गते बुक क्लोज गरिसकेको छ । यस बुक क्लोजको आधारमा माघ १५ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS